Logo

स्वास्थ्य सस्था बन्दको प्रतिकार गर्ने निजी मेडिकल संघको चेतावनी

स्तावेज श्रावण १५ गते मंगलबार २०७५ काठमाण्डौं- डा.गोबिन्द केसीको सर्मथनमा नेपाल चिकित्सक संघले शुक्रवारबाट देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेपछि निजी मेडिकल र डेन्टल कलेजहरुले बन्दको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

एशोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले स्वास्थ्य सस्था बन्दको प्रतिकार गर्ने चेतावनी दिएको हो । एशोसिएसनका अध्यक्ष डा.सुरेश कुमार कनौडियाले बिहिबार प्रेस बिज्ञप्ती जारी गर्दै बन्दको डटेर अवज्ञा गर्न निजी स्वास्थ्य संस्थाहरुलाई आव्हाहन गरेका छन् । लाखौं बिरामीहरुको जीवन रक्षाका लागि चिकित्सकहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा निष्ठापूर्वक लागि आफ्नो कर्तब्य निर्वाह गर्न बिज्ञप्ती मार्फत अपिल गरिएको छ ।

स्वास्थ्य संस्था जस्तो संवेदनसिल क्षेत्र बन्द गर्नु गलत भएको ठहर सहित एशोसिएसनले बन्द फिर्ता लिन चिकित्सक संघलाई आग्रह समेत गरेको छ । केहि साता अघि पनि चिकित्सक संघले आव्हाहन गरेको बन्दको बिरुद्धमा एशोसिएसन उभिएपछि कतिपय निजी स्वास्थ्य सस्थाहरुमा बन्दको अवज्ञा र प्रतिकारसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्