Logo

गरीबि नै मानब बेचविखनका चुनौती

                          -विष्णु सापकोटा

विश्व यतिबेला अत्यन्त जटिल अबस्थामा रहेको छ । विश्वका सबै मुलुक आन्तरिक रुपमा बन्दाबन्दीका अबस्थामा रहेका छन् । यसको प्रमुख कारण चीनको हुआन प्रान्तबाट फैलिएको कोरना भाईरस नै हो यसबाट नेपाल पनि अछुतो छैन यसले गर्दा नेपाल पनि बिगत छ महिनाबाट बन्दाबन्दीको अबस्थामा रहेको छ । नेपाल बिकासोन्मुख देश हो ।  नेपालमा अधिकांश मानिसहरु कृषि पेशामा आधारित छन् । कृषि पेशाबाट मात्रै जिवन निर्बाह नहुने हुँदा पछिल्लो समयमा लाखौ युवा युवती रोजगारीको सिलसिलामा बिदेशीन बाध्य छन् । यसको प्रमुखको कारण गरिबी,बेरोजगार,सामाजिक बर्ग बिभेद आर्थिक अभाव जस्ता बिषय नै प्रमुख हुन् । गरिबीले गर्दा आफ्ना परिवारको रोजीरोटीको र बालबच्चाको शिक्षादिक्षाको व्यवस्था मिलाउन नसकेपछि बिदेश जान बाध्य छन् । यसले गर्दा उनीहरुको दैनिकी चलेको छ । नेपालमा ब्यबस्था फेरियो तर जनताको अबस्था फेरिएन, व्यवस्था फेरियो त केबल हुनेखानेको मात्र । अत: यसको परिणम स्वरुप लाखौ युवा युवती रोजगारीका बिदेशीन बाध्य बनाएकोछ । व्यवस्था परिर्वतनका लागि योगदान गर्ने नेपाली युवा युवती विदेशिनु तितो यथार्थता हो ।

गरिबी,अशिक्षा र बेरोजगारले थला पारेको समाजमा सामाजिक विभेदले अपहेलित हुनु,मुल्य, मान्यताबाट उपेक्षित रहने प्रवृतिले अधिकांश गास, बास, कपासको जोहो गर्न नसक्ने अबस्थामा रहेका छन् । समाजमा रहेमा निमुखा बेसहाराको विवशतामाथि कुदृष्टि लगाउनेले आर्थिक प्रलोभनमा पारी फाईदा उठाएको पनि यदाकदा नभएका होईनन् । यध्यपी यस्तो चपेटामा रहेर बाँच्न विवश नेपाली समाजमा रहेका महिलाहरु अरुको सुख भोगको लागि आफु लुटिन बाध्य छन्  । यसका पछाडि गरिबी नै कारण रहका जसले समाजमा हिंसा हत्या जस्ता जघन्य घटना पनि नभएका होईनन् ।

आधुनिकता एउटा समाजिक रुपान्तरणको प्रमुख कारण हो ,जसले मानव जातिलाई आधुनिकताको नाममा समाजमा गलत संस्कारको बिकास गराएको पाईन्छ । तथापी सबै क्षेत्रमा भने होईन । आधुनिकिकरणले मानब जातिलाई छिटो आबस्यकताको परिपूर्ती गराउन बढि उद्धत गराएको पाईन्छ जसले गर्दा आन्तरिक र बाह्र श्रमको लागि छिटो आम्दानीको उपाया खोजिगर्ने सन्दर्भमा गलत साथीको संगतले गर्दा गलत क्रियाकलापमा परेका छन्।

एकातिर सम्पन्न समाजमा पैसाको प्रलोभन देखाई असहाय महिलालाई विलासिताको रुपमा नाजायज फाईदा उठाएका छन् भने परिणत बिवसताले आफु आन्तरीक र बेचबिखनमा परिरहेका उदाहरण प्रशस्त भेटिन्छ । आज समाजमा हुने खाने र हुँदा खाने बिचको बर्गीय धरातल प्रष्ट देखिएको छ । जसको परिणम हद खाने गरीब बर्ग यस महामारीमा निकै थला परेको छ । यसरी आफनो रोजीरोटी गुमाएका श्रमिकहरुको जीबन अत्यन्त कठिन अबस्थामा पगेको छ । नत राज्यले यस बर्गको लागि कुनै व्यवस्था गरेको छ नत उनीहरुको कुनै जीबन जिउने अर्को आधारनै छ । यसरी हेर्दा श्रमिकहरुको दैनिकी करीब करीब बन्द भएको छ ।

जब परिवारमा अभाब श्रृजना हुन्छ तब झै-झगडाको बातावरण सुरुवात हुनजान्छ यसको परीणाम अन्तत: शारीरिक मानसिक लगायत अन्य प्रकारका गतिविधि देखा पर्दै अन्य विभेदकारी बाताबरणले असहाय महिला केटाकेटीलाई असर गर्ने गर्दछ । जब घरायसी बाताबरण आर्थिक अभाब दिनहुँ झै-झगडाको कारणले बिक्षत्त भएका महिला आश्रयको खोजीमा समाजमा रहेका गलत तत्वको भ्रमपूर्ण माया ममताको शिकारमा परीरहेको छन् । यसरी असहाय महिला केटाकेटीहरुमा बिभिन्न प्रकारमा शारीरिक मानसिक साथै यौनजन्य हिंसा र बेचबिखनको घटनाहरु हाम्रो समाजमा प्रशस्त घटेका छन् ।

आर्थीक अभाब , गरीबी र सामाजिक भेदभावले नेपाली समाजमा महिलाको अवस्था दविएको र नेपाल पितृसतात्मक सामाजिक परम्पराबाट अगाडि बढेको पाईन्छ फलत समाजमा महिला पुर्ण रुपमा स्वतन्त्र,हुन सकेको देखिदैन, फलस्वरुप समाजमा भएका सामाजिक संरचनाका सहभागीता र स्वतन्त्रता न्यूनआय रहेको भेदभावपूर्ण वातावरण श्रृजनाले सामाजिक भूमिकामा समानता पाउन सकेको छैन भने सांस्कृतिक भूमिकाले पनि दबिएको पाईन्छ। बाध्यात्मक अवस्थामा बिविध प्रकारका यातना वा घटना लुकाएर बसेको अबस्था पनि देखिएको छ । यसबाट शोषणको शिकार, हिसा र मानव बेचविखन जस्ता कार्यको प्रशय बढेको हाम्रै समाजमा देखेको भोगेका घटना हुन् ।

मानव बेचबिखनलाई यस शताब्दीको मानवता विरुद्धको अपराधको रुपमा लिएको पाईन्छ । यो एउटा बहु -आयामिक वहुजटिल प्रक्रियाको अपराधिक गतिविधिको रुपमा बुझिन्छ । मानव बेचविखनका कम जोखिम तर,बढि आम्दानी वा आय आर्जन हुने कार्यका रुपमा फस्टाएको पाईन्छ । भने बिध्यमान समाजमा रहेको आकर्षण तथा विकषर्णका तत्वहरुले जब यस विषयलाई सहकार्य गर्दै जान्छ । तव समाजमा रहेका दलालहरुले गरिब र निमुखा अनि श्रमिक,बेसहारा, असहाय महिलालाई आशाका किरणहरु छर्दै जान्छन् फलत: यस क्रियाकलापले यस्ता गलत काममा संलग्न दलालले असहायको फाईदा उठाउने गर्दछन्। यसरी असहायले भोको पेट भर्न जस्तो सुकै कार्य गर्न पनि पछाडि नपर्ने हुदा उनीहरुको पेट भर्नु पहिलो आवश्यकता हो ।

नेपाली समाजका मानब बेचबिखनको जोखिम अझ यस महामारीमा त झन बढ्दै गएको छ । यसका पछाडिको कारण गरिबि नै हो गरीबिले र यस महामारीले त झन जीबन जिउन असहज बनाइको छ दिन प्रतिदिन कठिनाईमा परेका छन् । राज्य यस प्रकारका समस्यामा मौन छ जनताको जीउधन प्रति राज्यलाई कुनै चासो छैन, केवल राज्य छ त हुने खाने र पहुँच भएकालाई मात्र राज्यको उपस्थिती छ गरीब,बेसहाराको लागी राज्यबाट आजसम्म कुनै कदम चालिएको छैन ।

मानब बेचबिखन प्रत्येक देशमा बिशिष्ट कारणले हुने गर्दछ । नेपालको सन्दर्भमा भने सामाजिक असमानता, गरिबि, अशिक्षा, विभेदकारी निति, समाजमा रहेको दण्डहिनता, बाध्यात्मक रुपमा आन्तरीक एवं बाह्य श्रममा आश्रीत ,महिलालाई समाजमा सधै पुरुषमाथि आश्रित मानसिकता बनाउनु, रोजगारको खोजिमा बिदेसिनु समाजमा बढि मात्रामा महिला हिंसा बढ्दै जानु यी लगाएत अन्यकारणहरु पनि रहेका पाईन्छन् ।

हुनत मानब बेचबिखनका न्यूनीकरणका लागी राज्य र बिभिन्न प्रकारका गैरसरकारी तबरबाट अरबौं रुपमा खर्च नभएका होईनन् । तरपनि दिन प्रति दिन घट्नुको सट्टा बढेको बढदै छ । यसका पछाडि ठोस पहल कदमी भएको पाईदैन । राज्य मौन सामाजिक संघ संस्था प्रतिस्पर्धा, बहसमा लगायत सानो घेराबाट बाहिर आउन नसक्नु अर्को दुखद घटना हो जसको कारण समुदाय केन्दीय भन्दा प्राय सबै सय संस्थाको नाका केन्द्रीत प्रतिस्पर्धा देखिन्छ । एउटै नाकामा तिन,चारवटै संस्थाको निगरानी पनि नभएका होईनन् तर पनि किन तिनै नाका जोखिममा छन् ।

कतै सामाजिक संघ संस्थाले जोखिम क्षेत्र पहिचानमा अलमलिएको त होईन ? यसतर्फ हामीसबैले ध्यान दिनु जरुरी छ । सामाजिक संघ सस्था, सरकारका प्रतिनिधिको आवश्यक एकरुपताकाको अभावले जोखिम क्षेत्र पहिचान हुन सकेको देखिदैन । रोजगारीको अबसर श्रृजना गर्न नसक्नु,सामाजिक सुरक्षाको अभाब हुनु अत्यन्त जोखिम क्षेत्र पहिचाहन गरी बिशेष कार्य संचालन गर्न नसक्नु , जोखिम क्षेत्रका बालबालिकाको लागि बिशेष कार्यक्रम बनाउन सकेको देखिदैन । अत: यसको लागि यस क्षेत्रमा कार्यरत संघ सस्थाले अध्ययन अनुसन्धानमा लागेका ब्यक्ति पहिचान गरी, उनीहरुसँग परामर्श छलफल,विज्ञतालाई उपयोग गर्दै अगाडी बढ्न सकेको खण्डमा अझ प्रभाबकारी बनाउन सजिलो हुने देखिन्छ । जसले मानब बेचबिखनका न्यूनीकरण सामाजिक रुपान्तरणमा प्रभाबकारी भुमिका खेल्न सक्छ ।

(लेखक सामाजिक अभियन्ता तथा त्रिभुवन विश्वविध्यालयमा यस क्षेत्रका अनुसन्धानरत विध्यार्थी हुन् ।)
            प्रकाशित मिति  ,२०७७ साल भाद्र २४ गते बुधवार

प्रतिक्रिया दिनुहोस्